×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व बैंकर अनिल शाहको ‘बैंकर’का रुपमा अन्तिम अन्तर्वार्ता : ‘जिन्दगी जिउनेछु, इन्टरभलपछि झन् मज्जा आउनेछ…’ (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार

PRIME CA

पूर्व बैंकर अनिल शाहको ‘बैंकर’का रुपमा अन्तिम अन्तर्वार्ता : ‘जिन्दगी जिउनेछु, इन्टरभलपछि झन् मज्जा आउनेछ…’ (भिडियो)

काठमाडौँ । बैंकर अनिल केशरी शाहले बैंकिङलाई नै बिट मारेका छन् । ३२ बर्षको बैंकिङ अनुभवमा १७ पटक सीइओ भएका शाहले यहि जुन २० तारिखदेखि ‘पुन: बैंकको सीइओ नहुनेगरी’ बैंकिङबाट बिदा लिएका हुन् । उनले बैंकरका रुपमा गत जुन १९ तारिखमा अर्थ सरोकारलाई अन्तिम टेलिभिजन अन्तर्वार्ता दिएका थिए । अन्तर्वार्तामा उनले आफ्नो करियरको दोश्रो इनिङमा ‘झन् मज्जा आउने’ प्रतिक्रिया दिएका थिए ।
अर्थ सरोकारको सो अन्तर्वार्तामा उनले आफ्नो करियरमा आफुले भोगेका केहि खास क्षणहरुबारे सेयर गरेका छन् । उनले आफुलाई बैंकिङले के दियो, र आफूबाट के खोस्यो भन्ने विषयमा सो अन्तर्वार्तामा स-विस्तार बताएका छन् । त्यतिमात्र होइन, उनले जाँदाजाँदै नबिल बैंकका विषयमा उठेका प्रश्नहरुको पनि जवाफ दिएका छन् । नबिल र एनसीसीको मर्जरदेखि काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नबिलका सौचालयहरुलाई सार्वजनिक शौचालय बनाउँदा ५० रुपैयाँ पार्कीङ शुल्कबारे उठेको प्रश्नबारे पनि जवाफ दिएका छन् ।
उनले नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जरका क्रममा कर्मचारीहरुमा देखिएको असन्तुष्टीबारे सोधिएको प्रश्नको उत्तर पनि दिएका छन् । उनकै बैंकिङ करियरको अन्तिम टेलिभिजन अन्तर्वार्ता प्रस्तुत छ जस्ताको त्यस्तै
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: