म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउ खेती विस्तार गरिएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उक्त स्याउका बिरुवा गुर्जामा रोपिएको हो । यसपाली गुर्जामा उच्च घनत्वको सात सय कलमी बिरुवा रोपिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए ।
“गुर्जामा जिल्लामै पहिलो पटक स्याउखेती गरिएको छ” उनले भने “हावापानी, वातावरण र अनुकूल भूगोल भएकाले गत वर्षदेखि गुर्जामा उच्च घनत्वको स्याउ खेती थालिएको हो ।” निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा ती बिरुवा लगाइएकामा गत वर्ष कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा २५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा ५९२ वटा बिरुवा रोपिएका थिए ।
गुर्जाको हिमाली कृषि सहकारी संस्थाले बाँझो जमिनको झाडी फाँडेर, घेराबार गरी स्याउको बगैँचा बनाएको स्थानीय अगुवा किसान गोर्खा छन्त्यालले बताए । गुर्जाको नाइलीबाङमा २६ किसानले करिब २० रोपनी जग्गामा स्याउ खेती गरेका छन् । गुर्जाको स्याउ खेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार ७०० मिटर छ । अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउ खेती भित्र्याइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउ खेतीप्रति किसानको आकर्षण बढेको छ ।
यसअघि लगाइएको बिरुवामा यसपाली फूल फुलेर फलसमेत लागिसकेको छ । यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिएकामा अपेक्षाकृत सफलता हासिल भएको थियो । “पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छोडेपछि त्यसको साटो छिटोे फल्ने उच्चघनत्वको स्याउका बिरुवा लगाउन थालिएको हो,” वडाध्यक्ष छन्त्यालले भने,“गुर्जामा उच्च घनत्वको स्याउ खेती सफल भएमा खेर गइरहेको बाँझो जमिनलाई सदुपयोग गर्न र किसानको आम्दानी बढाउन सकिने सम्भावना छ ।”
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्