काठमाडौं । राजधानीस्थित पुरानो बानेश्वरमा स्वतन्त्र युवा समाजको नेतृत्वमा मूल्य वृद्धिवीरुद्ध सरकारी सवारी साधनमा अवरोध गर्दा महिला नेतृ कुन्ती पोखरेल सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मूल्य वृद्धि नियन्त्रण गर्नुपर्ने दायित्वबाट सरकार पछि हट्दै मूल्य वृद्धिलाई प्रोत्साहन गरेको भन्दै मंगलबार बिहान कुन्ती पोखरेल नेतृत्वको स्वतन्त्र युवा समाजले सरकारको विरोध गर्दै , पुरानो वानेश्वर चोकमा सरकारी सवारी साधनलाई अवरोध गरेको थियो । अवरोधका क्रममा केही बेर प्रहरी सँग तनाव भएको थियो। प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिई आवागमन सामान्य बनाएको छ।
आन्दोलनको नेतृत्व गरेकी पोखरेलले भनिन् ‘सरकारले गरेको अस्वभावीक मूल्य वृद्धिको असर जनताले भोग्नुपर्ने हुन्छ । यो कुनै पनि हालतमा हामीलाई स्वीकार्य हुँदैन । मूल्य वृद्धिवीरुद्ध तत्काल फिर्ता नलिए हामी थप आन्दोलनका कार्यक्रम सहित अघि बढ्ने चेतावनी नेत्री कुन्ती पोखरेलले दिएकी छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्