×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अफ्ट्यारोमा अर्थमन्त्री : सीसीटिभी फुटेज माग्दै मंचले दियो मन्त्रालयमा निवेदन !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

अफ्ट्यारोमा अर्थमन्त्री : सीसीटिभी फुटेज माग्दै मंचले दियो मन्त्रालयमा निवेदन !

काठमाडौं । उपभोक्ता अधिकारबादी संस्था उपभोक्ता हित संरक्षण मञ्चले आर्थिक विधेयकमा करका दरहरु हेरफेर गर्न अनाधिकृत व्यक्तिको संलग्नताबारे अध्ययन गर्न माग गरेको छ । सोमबार सूचनाको हक अन्तर्गतको निवेदन मन्त्रालयमा पेश गर्दै मञ्चले चालु आर्थिक वर्ष र आगामी आवको बजेट निर्माण अवधिको दुई रातको क्लोज सर्किट टेलिभिजन सीसी टिभी दृश्य उपलब्ध गराउन माग गरेको हो ।

मन्त्रालयका सूचना अधिकारीलाई सम्बोधन गर्दै पेश गरेको निदेवनमा चालु आर्थिक वर्षको प्रतिस्थापन विधेयकमा करको दर फेरको दिन २०७८ भदौ २४ गते राति र आगामी आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणको अन्तिम दिन २०७९ जेठ १४ गते रातिको श्रव्य दृश्य माग गरिएको छ ।

२४ भदौको राति ११ बजेदेखि बिहान ६ बजेसम्म र गत १४ जेठ साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टाको क्लोज सर्किट टेलिभिजन सीसी टिभी दृश्य उपलब्ध गराइदिन मञ्चले मन्त्रालयसँग अनुरोध गरेको छ । मञ्चले निवेदनमार्फत विधेयक तर्जुमा गर्दा मन्त्रालय परिसर, अर्थ तथा राजश्व सचिवको कार्यकक्ष र मन्त्रीको कार्यकक्षमा भएको ओहोर दोहोरको सम्पूर्ण दृश्य उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: