Skip to content
LAXMI SUNRISE BANK

२० वर्षे बाग्मती गुरुयोजना सार्वजनिक गरिने, नदी सभ्यतालाई पुरानै स्वरूपमा फर्काउने उद्देश्य

अर्थ सरोकार

काठमाडौँ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले चालु आर्थिक वर्षमै काठमाडौँ उपत्यकाको सभ्यताको स्रोतका रूपमा बग्ने वाग्मती सुधारको २० वर्षे गुरुयोजना ल्याउने भएको छ ।

बाग्मती र यसका सहायक नदीलाई स्वच्छ बनाउने उद्देश्यले २० वर्षे गुरुयोजना ल्याउन लागिएको समितिका सूचना अधिकारी कमल अर्यालले राससलाई जानकारी दिए । गुरुयोजनामा नदी सभ्यतालाई पुरानै स्वरूपमा फर्काउने गरी कार्ययोजना बनाउन लागिएको छ ।

गुरुयोजनामा नदीलाई स्वच्छ, सफा र हराभरा बनाउन कहाँ कहाँ पोखरी राख्ने, कुन नदीको चौडाइ कति कायम गर्ने, नदी प्रणालीलाई कसरी प्रदूषण मुक्त गर्ने भन्ने उल्लेख गर्न लागिएको समितिले जनाएको छ । विभिन्न क्षेत्रका विज्ञसँगको सहकार्यमा परामर्शदाता कम्पनीले तयार पारेको गुरुयोजनाको प्रारम्भिक प्रस्तुति गरिएको छ ।

गुरुयोजनालाई अन्तिम रूप दिन सबै क्षेत्रका विज्ञसहित अन्तरक्रिया कार्यक्रमसमेत गर्ने तयारी भएको छ । गुरुयोजना कार्यान्वयन गरेर काठमाडौँ उपत्यकाको नदी सभ्यतालाई सुधार गर्न लागिएको जनाइएको छ । –रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK