×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Artha Sarokar

३१ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं.७ घर भई हाल गोकर्णेश्वर बस्ने ४७ बर्षिय भिम बहादुर तामाङ सो कसुरमा पक्राउ परेका हुन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी/जानी जाहेरवालालाई झुक्यानमा पारी ज्योति विकास बैंक लिमिटेडको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनबाट मिति २०७९/०१/०२ गते उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना सुनाएको थियो। उनलाई भैसेपाटी, ललितपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी