×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, २१ दिन कैद र १ करोड २ लाख ५० हजार जरिवाना

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । रामेछाप जिल्ला सुनपाती गाउँपालिका वडा नं.४ घर भई हाल काठमाडौं, गोकर्णेश्वर बस्ने ४३ बर्षिय बिनोद लामा भन्ने बिनोद घिसिङ सो कसुरमा पक्राउ परेका हुन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनबाटले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम २१ दिन कैद र १ करोड २ लाख ५० हजार सुनाएको थियो। उनलाई जोरपाटी,काठमाडौंबाट  पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: