×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंकिङ कसूर मुद्दाकी फरार प्रतिवादी पक्राउ, १ महिना कैद र १० लाख जरिवाना

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेकी एक प्रतिवादी पक्राउ परेकी छन् । चितवन जिल्ला शिवनगर गाउँपालिका वडा नं.८ घर भई हाल काठमाडौं महानगरपालिका वडा न. २ बस्ने ४१ बर्षिय बबिता पन्त पौडेल सो कसुरमा पक्राउ परेकी हुन् ।

उनले जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी जानी जानी अनुचित लाभ लिई कर्जा दिई बैंकिङ श्रोत,साधन र सम्पतिको दुरुपयोग हुने गरी कर्जा प्रवाह गरेको ठहर भएको थियो । उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम १ महिना कैद र १० लाख जरिवाना सुनाएको थियो। उनलाई सिनामंगल, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: