×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन बीमा समितिको निर्देशन, क्रस होल्डिङ नहटाए मर्जरमा जानुपर्ने बाध्यता !

अर्थ सरोकार

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार

PRIME CA

बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन बीमा समितिको निर्देशन, क्रस होल्डिङ नहटाए मर्जरमा जानुपर्ने बाध्यता !

काठमाडौं । बीमा समितिले क्रस होल्डिङ हटाउन बीमा कम्पनीलाई निर्देशन दिएको छ । समितिले ३ निर्जीवन बीमा कम्पनी र ६ जीवन बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन निर्देशन दिएको हो । जसमा नेपाल लाइफ, सूर्या लाइफ, ज्योति लाइफ, आइएमई लाइफ, एलआइसी नेपाल, रिलायबल नेपाल लाइफ, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स रहेको छन् । समितिले एकै व्यक्ति वा समूहको दुई ठाउँमा सेयर भएको बीमा कम्पनीहरूलाई मर्जरमा जान दवाव दिने रणनीति बनाएको हो ।

बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ मा एउटै लगानीकर्ताले विभिन्न कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था छ । समितिद्वारा जारी उक्त निर्देशिकाअनुसार एउटा लगानीकर्ता वा एकाघरका सदस्यको नाममा १५ प्रतिशतभन्दाबढी लगानी गर्न पाइदैन । यस्तै, एउटा कम्पनीमा १५ प्रतिशत लगानी गरेका लगानीकर्ताले उस्तै प्रकृतिको अर्को बीमा कम्पनीमा एक प्रतिशतभन्दा बढी लगानी गर्न नपाईने व्यवस्था निर्देशिकाले गरिदिएको छ ।

निर्देशन अनुसार क्रस होल्डिङ हटाउन नसके मर्जरमा जानुपर्ने समितिले बताएको छ । क्रस होल्डिङ भएका कम्पनीलाई क्रस होल्डिङको सीमा हटाउनका लागि मर्जर नै सहज बाटो हुन सक्ने अध्यक्ष सिलवालले बताएका छन् । यस्तै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भने बीमा कम्पनीहरूको संख्या घटाउने रणनीतिमा छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: