गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका भित्रका खेतीयोग्य जमिनमा रहेका रुख कटान गर्ने भएको छ । अन्न उब्जनी हुने जग्गामा रहेका रुखका कारण उत्पादनमा कमी आएकाले कटान गर्न लागिएको हो ।
“किसानले खेती गर्न छोडेकाले खेतीयोग्य जमिन बाँझोमा परिणत हुनबाट जोगाउन रुख कटान गर्न लागिएको हो”, उपप्रमुख ज्योति लामिछानेले भने । बाँझो जमिन सदुपयोग गर्न तथा खेती गरिरहेको जमिनमा रहेका रुखबिरुवा हटाउने नगरपालिकाले कार्यविधि बनाउने निर्णय गरेका थिए । धान, मकै, कोदोलगायत रैथानीवाली लोप हुने अवस्थामा पुगेकाले कार्यविधिमार्फत समस्या समाधान गर्न लागिएको लामिछानेको भनाइ छ ।
खेतीयोग्य जमिन टुनी, चिमल, मौवा, उतिस, बाँसलगायत रुखबिरुवाले भरिँदै गएको छ । यसका साथै नगरप्रहरीका लागि समेत कार्यविधि बनाइने निर्णय गरिएको प्रवक्ता रमेशकुमार श्रेष्ठले जानकारी दिए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्