×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेँसीशहर–चामे सडकको स्तरोन्नति गर्ने कार्य २३ प्रतिशत सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बेँसीशहर–चामे सडकको स्तरोन्नति गर्ने कार्य २३ प्रतिशत सम्पन्न

Artha Sarokar

१२ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लमजुङ । मनाङ र लमजुङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकको स्तरोन्नति एवं कालोपत्र गर्ने कार्य २३ प्रतिशत सम्पन्न भएको छ । बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीशहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्नका लागि पहिलो चरणको कार्य हालसम्म सम्पन्न भएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए ।

उनका अनुसार सडक चौडाइ गर्ने, पर्खाल उठाउने, कटिङ गर्ने, कल्भर्ट बनाउने, नाली बनाउने लगायतका काम भइरहेको छ । पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र मान्छे हिँड्ने उक मिटरको सडक चौडाइ हुनेछ । बस्ती भएको ठाउँमा भने दुईतर्फी नै नाली बन्ने र बस्ती नभएको ठाउँमा एकतर्फ मात्र नाली निर्माण हुने भएको छ ।

ट्याक खोलेको करिब २७ वर्षमा बेँसीशहर–चामे सडक कालोपत्र कार्य अघि बढेको छ । स्थानीय श्रमदान र सरकारी निकायबाट सहयोग मागेर लमजुङवासीले वि.सं २०५१ मा यस खण्डअन्तर्गत बेँसीशहरदेखि खुदीसम्म मोटरबाटोको ट्याक खोलेको यस खण्डमा यतिबेला कालोपत्रका लागि धमाधम काम भइरहेको हो ।

आशिष अनेस्ट जेभी चितवनले वि.सं २०८० असार २९ गतेसम्म कालोपत्र गर्ने गरी गत वर्ष असार ३० मा सम्झौता गरेर काम अघि बढाएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कूल रु. ५२ करोड ९६ लाखको लागत अनुमान गरिएको उक्त सडक रु. २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता गरिएको छ । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी