काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ शुक्रबार (असार ३ गते) बाँडफाँट हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले कम्पनीको आईपीओ आफ्नै कार्यालय नक्साल काठमाडौंमा दिउँसो ३ बजेपछि बाँडफाँट गर्ने जनाएको हो । उक्त आइपीओ मागभन्दा १६.०९७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने भएको छ । जसमा १ लाख ३६ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १७ लाख १२ हजार २०१ जनाको भने हात खाली हुनेछ भएको छ।
यसमा कुल १८ लाख ४८ हजार ७०१ जनाले २ करोड १९ लाख ७२ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब १९ करोड ७२ लाख ५२ हजार रुपैयाँ बरारको आवेदन परेको छ । कम्पनीले जेठ २० गतेबाट २५ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । जसमध्ये १ प्रतिशत लाख कित्तामध्ये ५५ अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो ।
रेटिङ एजेन्सी कियर नेपालले विन्ध्यवासिनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यस आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्