×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लास्ट रिमाइन्डर : विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

GLOBAL IME BANK
SHREE KESH

लास्ट रिमाइन्डर : विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

२५ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको १५ करोड रुपैयाँ बराबरको आइपीओमा आवेदन दिने आज बुधबार जेठ २५ गते बुधबार अन्तिम दिन रहेको हो । लगानीकर्ताले आज कार्यालय समय भित्र यसमा आवेदन दिन सक्ने भएका छन् । मंगलबार साँझ ५ः३२ बजेसम्ममा हाइड्रोपावरको आइपीओमा १ अर्ब ६८ करोड ३ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ । १५ लाख ४१ हजार ८३७ जना सर्वसाधारण आवेदकले उक्त आवेदन दिएका हुन् । यसले जेठ २० गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।

लगानीकर्ताले यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको छ । जसमध्ये ७५ हजार कित्ता सामुहीक लगानी कोष र ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । र बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले विन्ध्यवासिनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: