×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागलुङका स्थानीय तहलाई चार अर्ब भन्दा बढी अनुदान, नीति तथा कार्यक्रम र बजेट बनाउने काम सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बागलुङका स्थानीय तहलाई चार अर्ब भन्दा बढी अनुदान, नीति तथा कार्यक्रम र बजेट बनाउने काम सुरु

Artha Sarokar

१८ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बलेवा । जिल्लाका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु. चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा बढी बागलुङ नगरपालिकालाई रु. ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । गलकोट नगरपालिकालाई रु. ५१ करोड एक लाख, जैमिनी नगरपालिकालाई रु. ५२ करोड २४ लाख र ढोरपाटन नगरपालिकालाई रु. ३७ करोड एक लाख बजेट विनियोजन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

यस्तै बडिगाड गाउँपालिकालाई रु. ४८ करोड चार लाख, काठेखोलालाई रु. ३९ करोड ७६ लाख, निसीखोलालाई रु. ३३ करोड १२ लाख, बरेङलाई रु. ३० करोड पाँच लाख, ताराखोलालाई रु. २६ करोड ४३ लाख र तमानखोला गाउँपालिकालाई रु. २१ करोड ९० लाख बजेट विनियोजन गरिएको छ । सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, सपपूरक अनुदान, राजश्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ ।

प्रदेश सरकारले दिने अनुदान, सङ्घीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट बनाउने गरेका छन् । सङ्घीय सरकारको बजेट आएसँगै बागलुङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट बनाउने काम थालेका छन् । समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि काम भइरहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी