×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुस्ताङका स्थानीय तहले ९४ करोड पाए अनुदान, सबैभन्दा कम लोमान्थाङ गाउँपालिकालाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मुस्ताङका स्थानीय तहले ९४ करोड पाए अनुदान, सबैभन्दा कम लोमान्थाङ गाउँपालिकालाई

Artha Sarokar

२२ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्याग्दी । मुस्ताङ जिल्लाका स्थानीय तहहरूले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु. ९४ करोड अनुदान पाएका छन् । सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार मुस्ताङका पाँच गाउँपालिकाले रु. ९३ करोड ७७ लाख अनुदान पाएका हुन् । चालु शीर्षकमा रु. ७९ करोड तीन लाख र पूँजीगततर्फ रु. १४ करोड ७४ लाख बजेट विनियोजन भएको हो ।

घरपझोङ गाउँपालिकाले रु. २१ करोड ५३ लाख, थासाङ गाउँपालिकाले रु. २१ करोड ६९ लाख र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले रु. १७ करोड १४ लाख बजेट पाएका छन् । यसैगरी लोघेकर–दामोदरकुण्ड गाउँपालिकाले रु. १६ करोड ९३ लाख र लोमान्थाङ गाउँपालिकाले रु. १६ करोड ४८ लाख अनुदान पाएका हुन् ।

सबैभन्दा बढी थासाङ र कम लोमान्थाङ गाउँपालिकाले अनुदान पाएका हुन् । स्थानीय तहहरूले सङ्घीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई समेटेर आगामी आवको बजेट बनाउने गर्छन् । मुस्ताङका स्थानीय तहले आगामी आवका लागि टोल र वडास्थलमा योजना छनोट प्रक्रिया थालेका छन् । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी