×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सालाई पाँच अर्ब बजेट विनियोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पर्सालाई पाँच अर्ब बजेट विनियोजन

Artha Sarokar

२२ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वीरगञ्ज । १४ स्थानीय तह रहेको पर्सालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय सरकारले समानीकरण, सशर्त र विशेष अनुदान गरी करिब पाँच अर्ब १० करोड १६ लाख बराबरको बजेट विनियोजन गरेको छ ।

एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी वीरगञ्ज महानगरमा रु. एक अर्ब ४४ करोड ८६ लाख र सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकालाई रु. २१ करोड विनियोजन भएको हो ।

जसमध्ये तीन नगरपालिकालाई रु. एक अर्ब ६४ लाख तथा दशवटा गाउँपालिकालाई दुई अर्ब ६४ करोड ६७ लाख बजेट विनियोजित भएको छ । यस्तै विनियोजित बजेटमध्ये पोखरिया नगरलाई रु. ३३ करोड ३२ लाख, पर्सागढी नगरलाई रु. ३१ करोड ४७ लाख र बहुदरमाई नगरलाई रु. ३५ करोड ८५ लाख रुपैयाँ विनियोजित भएको हो ।

त्यसैगरी, छिपहरमाई गाउँपालिलाई रु. २८ करोड ३५ लाख, जगरनाथपुरलाई रु. २८ करोड ८९ लाख, धोबिनीलाई रु. २२ करोड १२ लाख, पटेर्वासुगौलीलाई रु. २८ करोड तीन लाख, विन्ध्यवासिनीलाई रु. २४ करोड ४० लाख, सखुवाप्रसौनीलाई रु ३३ करोड ९८ लाख, ठोरीलाई रु. ३१ करोड २६ लाख, कालिकामाईलाई रु. २२ करोड २९ लाख, र जीराभवानी गाउँपालिकालाई २५ करोड ३५ लाख बजेट विनियोजन गरिएको हो ।

यस्तै विशेष अनुदानतर्फ आगामी बजेटका लागि वीरगञ्ज महानगरलाई रु. दुई करोड, जगरनाथपुर गाउँपालिकालाई रु. एक करोड ४४ लाख, पटेर्वासुगौली गाउँपालिकालाई रु. दुई करोड, ठोरी गाउँपालिकालाई रु. दुई करोड ८५ लाख र जीराभवानी गाउँपालिकालाई रु. एक करोड विशेष अनुदान पाएको छ । यहाँको नौ स्थानीय तहले विशेष अनुदान पाएका छैनन् । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी