नवलपरासी । गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा रहेको नवलपरासी बर्दघाट–सुस्तापूर्वको लोकाहामा औद्योगिक क्षेत्र निर्माणलाई प्राथमिकतामा राखेको छ । प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य जारी गर्दै प्रदेशको गौरवको आयोजनाका रुपमा जिल्लाको लोकाहा खोलामा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि रु. एक करोड विनियोजन गरिएको जानकारी दिए ।
त्यस्तै नेपाल सरकारसँगको सहकार्यमा प्रदेशको प्राथमिकतामा रहेका उत्तर दक्षिण द्रुतमार्गअन्तर्गतको भिमाद–डेढगाउँ–झ्यालबास–चोरमारा–दुम्किबास–त्रिवेणी सडकखण्ड निर्माण कार्यलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको बरालले बताए । यो सडकले भारतीय सीमानाका त्रिवेणीबाट चीनको सीमानाका कोरलालाई जोड्छ । सरकारले जिल्लाको महत्वपूर्ण धार्मिकस्थल देवघाटधाम, मौलाकाली, देवचुली नरम पुवाकोट, नारीभञ्ज्याङ, दाउन्ने महाभारत पदमार्ग लगायतको सम्भाव्यता अध्ययन गरी पदमार्ग विकास गुरुयोजना निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको प्रदेशका अर्थमन्त्री बरालले बताए ।
उनले नवलपुरको बुलिङटारसहित प्रदेशका नदी किनारका फाँटमा सतह, लिफ्ट एवं भूमिगत जलस्रोतको संयोजनात्मक उपयोग गरी वर्षैभरी सिँचाइ सुविधा उपलब्ध गराउन बजेटको व्यवस्था गरिएको बताए । जिल्लाको महत्वपूर्ण धार्मिक तीर्थस्थल त्रिवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना तयारी तथा दिव्यधाम क्षेत्र सञ्चालन एवं विकासका लागि रु दुई करोड ५० लाख विनियोजन गरिएको बरालले बताए ।
त्यस्तै मध्यबिन्दु जिल्ला अस्पतालमा डाइलासिस सेवा विस्तार गर्न आवश्यक बजेट विनियोजन गरेको उनको भनाइ छ । प्रदेश सरकारले नेपाल सरकारसँगको साझेदारीमा जिल्लाको हुप्सेकोटमा रहेको धौवादी फलाम खानी सञ्चालनका लागि रु १५ करोड विनियोजन गरिएको दाहालले बताए । अन्तर्राष्ट्रिय सीमानाकामध्ये जिल्लाको त्रिवेणीमा नेपाल सरकारसँगको समन्वयमा सुरक्षा व्यवस्था मजबुत बनाउन पूर्वाधार निर्माण कार्यका लागि बजेट विनियोजन गरेको बरालको भनाइ छ । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्