×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जुम्लाका स्थानीय तहमा बढ्यो बजेट, सबैभन्दा कम गुठीचौर गाउँपालिकालाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जुम्लाका स्थानीय तहमा बढ्यो बजेट, सबैभन्दा कम गुठीचौर गाउँपालिकालाई

Artha Sarokar

२० जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

खलङ्गा । सङ्घीय सरकारले जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा बजेट बृद्धि गरेको छ । आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँटमा चन्दननाथ नगरपालिकालाई रु ४० करोड ४३ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै कनकासुन्दरी गाउँपालिकालाई ३१ करोड ५५ लाख बजेट आएको गाउँपालिको लेखाशाखाले जनाएको छ ।

गोठीचौर गाउँपालिकालाई रु २० करोड ५२ लाख ,तातोपानी गाउँपालिकालाई रु ३१ करोड पाँच लाख, तिला गाउँपालिकालाई रु ३७ करोड ३७ लाख बजेट प्राप्त गरको छ । यसैगरी जिल्लाको पातारासी गाउँपालिकाले रु ३१ करोड , सिंजा गाउँपालिकाले रु २७ करोड ५१ लाख र हिमा गाउँपालिकाले रु २८ करोड १० लाख समपूरक बजेट प्राप्त गरेको छ । यहाँका सात गाउँपालिकामध्ये सबैभन्दा बढी तिला र सबैभन्दा कम गुठीचौर गाउँपालिकालाई संघीय सरकारबाट बजेट आएको छ । -रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी