×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘यो बजेट कमिसन खान र चुनाव खर्च जुटाउन मात्रै हो, नेपालीको जीवनमा केहि परिवर्तन ल्याउँदैन’ : सांसद लिङदेन

PRIME CA
GLOBAL IME BANK

‘यो बजेट कमिसन खान र चुनाव खर्च जुटाउन मात्रै हो, नेपालीको जीवनमा केहि परिवर्तन ल्याउँदैन’ : सांसद लिङदेन

१८ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कमिसन खान मात्रै ल्याइएको बताएका छन् । सांसद राजेन्द्र लिङदेनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कमिसन खान र चुनावका लागि खर्च जुटाउन मात्रै ल्याएको बताएका हुन् ।

यो बजेटले कुनै पनि नेपालीको जीवनमा परिवर्तन नहुने पनि उनले भनेका छन् । यस्तै अहिले देखिएको आर्थिक संकट र मूल्यवृद्धि रोक्ने खालको बजेट नआएको पनि बताए । सरकारले अनुमानको आधारमा मात्रै बजेट ल्याएको, यति अनुदान पाइन्छ र यति ऋण लिइन्छ होला भन्ने मात्रै उल्लेख रहेको उनको भनाई छ ।

यस्तै चितवन एक घन्टामा पुगिने कुनै पनि आधार नरहेको र हेटौंडाको उद्योगमा बनेका कपडा लगाउने भनिएपनि त्यहाँ उद्योग कहिले खोल्ने भन्ने विषय अन्योलमा रहेको उनको तर्क छ । सरकारले नसक्ने कुरा फिर्ता लिएर सक्ने काम मात्रै गर्न उनको सुझाव छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: