काठमाडौँ । हालै नेपालमा कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन “अपलिफ्ट” को दोस्रो संस्करण शुरु गरेको छ । यो वर्ष क्याम्पेनको ट्यागलाइन “कोक उठाउँ, आफुलाई जगाउँ” रहेको छ, जसले कोक पिउनुहोस् र आफुलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिन्छ । यो क्याम्पेनको उद्धेश्य उपभोक्ताहरुलाई दिँउसोको अल्छि लाग्दो समयलाई एक बोतल चिसो कोकको साथमा रमाइलो र रिफ्रेशिङ बनाउन सकिन्छ भन्ने सन्देश दिनु हो ।
कोका–कोला नेपालले नयाँ टिभीसी सार्वजनिक गरेको छ जसमा मोडेल अदिति बुढाथोकीलाई फिचर गरिएको छ । टिभीसीमा अदिति दिउँसोको पट्यारलाग्दो समयमा आफ्नो साथीलाई स्कुलको हल-वेमा पर्खिरहेको देख्न सकिन्छ । त्यसै क्रममा उनको साथी दुईवटा कोक लिएर अदितितर्फ गईरहेको देख्न सकिन्छ । अदिति चिसो कोका–कोला पिउँछिन् अनि कोका–कोलाको रिफ्रेसिङ्ग स्वादले तुरुन्तै अपलिफ्ट हुन्छिन् । रीफ्रेस्ड भएकी अदिति र उनको साथी दुवैजना खुशी हुँदै आफ्नो बाटो लाग्छन् ।
क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “हामीले यो क्याम्पेन मार्फत हाम्रा उपभोक्ताहरूलाई उनीहरु जहाँ भए पनि र जस्तोसुकै समयमा पनि कोका–कोलाको साथले उनिहरुलाई अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश दिन चाहन्छौँ ।” बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश यो क्याम्पेनले दिन खोजेको छ । पक्कै पनि हामी सबै जनालाई दिँउसोको समय अल्छि लाग्दो लाग्छ । तर त्यो पट्यार लाग्दो समयमा एक बोतल चिसो कोकले नै हाम्रा उपभोक्ताहरुलाई स्फुर्ती प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।”
कोका–कोलाले यो क्याम्पेनभरि कोक पारखीहरुका लागि थुप्रै सरप्राइजहरु तयार पारेको छ । क्याम्पेन सम्बन्धि सम्पूर्ण जानकारीहरुका लागि कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेज @cocacolanepal हेर्न सकिनेछ । बजारमा उपभोक्ताहरूको माग अनुसार कोका–कोलाको विभिन्न साइज र बोतलहरूमा उपलब्ध छन् । जसमा (१७५ एमएल र २५० एमएलका ग्लास बोतल) र २५० एमएल , ५०० एमएल, १ लिटर, १.५ लिटर, २.२५ लिटरका पेट बोतलहरू रहेका छन् । त्यसैगरी बजारमा कोका–कोला जेरो सुगर पनि उपलब्ध रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्