काठमाडौं। सेन्चुरी बैंकको संस्थापक सेयर लिलामी आवेदन दिने आज बुधबार (असार १५ गते) अन्तिम दिन रहेको छ । बैंकले असार ८ गतेदेखि कम्पनीको १८ लाख १२ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको थियो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन पाइने भएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ र सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन बुधबार (असार १६ गते) बिहान १० बजे एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा खोलिनेछ ।