×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान समूहलाई ट्याक्टर हस्तान्तरण, चक्लाबन्दी कार्यक्रमलाई प्राथमिकतामा

PRIME CA
GLOBAL IME BANK

किसान समूहलाई ट्याक्टर हस्तान्तरण, चक्लाबन्दी कार्यक्रमलाई प्राथमिकतामा

१६ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली किसान समूहलाई ट्याक्टर हस्तान्तरण गरिएको छ । प्रदेश सरकारको कृषि मन्त्रालयको ७५ र समूहको २५ प्रतिशत अनुदामा उक्त ट्याक्टर अनुदानमा प्रदान गरेको हो । गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले एक कार्यक्रमकाबीच आज ट्याक्टर हस्तान्तरण गरेका हुन् । बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नुपर्नेमा उनले जोड दिए ।

परम्परागत शैलीबाट माथि उठेर व्यावसायिक रुपमा कृषि क्षेत्रलाई अघि बढाउन सकिए खाद्यान्न, तरकारी र फलफूलमा आत्मनिर्भर बन्न सकिने उनले बताए । प्रदेश सरकारमा कृषि मन्त्रालयबाट रु. चौबिस लाखको लागतमा उक्त ट्याक्टर प्रदान गरिएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनले पहाडी भागमा सुन्तला कागती खेती गरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा पाखाटारमा लिफ्टिङमार्फत सिँचाइको व्यवस्था गर्न सकेको मात्रै कृषि क्षेत्रमा फड्को मार्न सक्ने बताए । उक्त समूहमा एक सय बढी सदस्य आवद्ध रहेको समूहकी अध्यक्ष अन्जु श्रेष्ठले जानकारी दिए ।

प्राप्त भएको ट्याक्टरले सस्तो भाडा दरमा जमिन जोत्न प्रयोग गरिने उनले बताए । बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नका लागि सहज हुने बताइएको छ । छोटो समयमा धेरै क्षेत्रफल जोत्न र खेती गर्न सकिने हुँदा ट्याक्टर प्रभावकारी देखिएकोले समूहलाई प्रदान गरिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

उक्त वडामा करिब ३०० रोपनी क्षेत्रफलमा जमिन चक्लाबन्दी गरिएको छ भने वडा नं ३ मा झण्डै एक हजार रोपनी चक्लाबन्दी गरिएको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । साना गह्रालाई मासेर ठूला गह्रा बनाउँदा खेती गर्न सजिलो हुने भएकोले चक्लाबन्दी कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: