Skip to content
LAXMI SUNRISE BANK

चेम्बर एक्स्पो २०२२ भृकुटीमण्डपमा बिहिबारबाट शुरु हुने, शेर बहादुर देउवाद्वारा उद्धघाटन गरिने

अर्थ सरोकार

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा बिहिबारदेखि शुरु हुँदैछ । कमर्स मेलाको पाँचौ संस्करणको प्रधानमन्त्री शेर बहादुर देउवाले भृकुटीमण्डपमा विहान ११ वजे उद्धघाटन गर्ने कार्यक्रम छ । कोभिड १९ संक्रमण जोखिमका कारण अघिल्ला दुई संस्करण भने रोकिएको थियो । संक्रमण जोखिम कम भएसंगै आर्थिक गतिविधीलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनहरुको प्रर्वद्धन गर्न चेम्बरले पाँचौ अन्तराष्ट्रिय एक्स्पो गर्न लागेको हो ।

पाँचौ संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड दिईएको चेम्बरले जनाएको छ । चेम्बर एक्सपोमा अन्तराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तराष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवम् व्यापार व्यवस्थापनका नयाँ आयामहलाई नजिकबाट नियाल्न तथा नेपाली उद्योगी व्यवसायीहरुलाई सहयोग मिल्ने चेम्बरले बताएको छ । मेलामा गुणस्तरीय सामान प्रयोग गर्न एवं उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृृद्धि गर्ने दायित्वलाई प्रर्दशनीले प्राथमिकता दिने अपेक्षा गरिएको छ । यस्तै निकासी अभिवृद्धि गर्नेमा पनि चेम्बर मेलाले सहयोग गर्ने विश्वास गरिएको छ ।

मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडिवुटी जन्य बस्तुहरु, इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य बस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्ध जन्य सामाग्रीहरुको प्रर्दशनी एवं बिक्री गरिने आयोजक चेम्बरले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहकार्यमा आयोजित अन्तराष्ट्रिय मेलामा बंगलादेश पार्टनर कन्ट्रीको रुपमा रहेको छ । मेलामा नेपाल, भारत, पाकिस्तान लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेत गरि १ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् ।

कोभिड १९ बाट शिथिल अर्थतन्त्रलाई क्रियाशील बनाउने उद्देश्यले विभिन्न राष्ट्रको सहभागितामा अन्तराष्ट्रिय एक्स्पो आयोजना गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘बिगत बर्षहरुमा कोरोना महामारीका कारण चेम्बरबाट आयोजना गरिने एक्स्पो स्थगित भएको थियो । अहिले पाँचौ संस्करण मेला आयोजना गरिएको छ ।’ अन्तराष्ट्रिय मेलाले नेपाली उत्पादनको बजारीकरण गर्न तथा अन्तराष्ट्रिय व्यापारिक समुदायलाई सहभागी गराई गतिशील आर्थिक वातावरण निर्माण गर्ने मुख्य उद्देश्य रेहेको मल्लको भनाई छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK