Skip to content
LAXMI SUNRISE BANK

नागरिक लगानी कोषका कर्मचारीलाई बचत रकममा १.५ प्रतिशत थप प्रतिफल प्रदान गर्ने

अर्थ सरोकार

काठमाडौँ। नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिव २ लाख ९८ हजार सहभागीहरुलाई कोषको आर्थिक बर्ष २०७७/७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष संचालक समितिको मिति २०७९ असार ११ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

२०७८ असार मसान्तसम्मको बचत रकममा संचित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैँया जम्मा हुने भएको छ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK