काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले राज्यले गर्न नसकेको काम सहकारीले गरेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ ९नेफ्स्कून० को आयोजना एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहआयोजनामा आजदेखि राजधानीमा सुरु चौथो ‘साकोस शिखर गोष्ठी’ समुद्घाटन समारोहमा गृहमन्त्री खाणले नागरिकको जीवनस्तर सुधारमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले विगतका महिलालाई सशक्त बनाउँदै समाज सुधारमा सहकारीले खेलेको भूमिकाको प्रशंसा गरे । उनले सहकारी अभियानप्रति सरकार सकारात्मक रहेको पनि बताए । उनले नागरिकलाई समूहबद्ध गराउनाका साथै क्षमता विकास, सम्पत्तिको मालिक बनाउने स्रोतसाधनमाथि पहुँच स्थापित गर्नमा सहकारी अभियानले ठूलो सहयोग गरेको बताए । गृहमन्त्री खाणले सहकारी क्षेत्रको बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन बढाउन सहकारीकर्मीसँग आग्रह गरे ।
सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले अनुत्पादक क्षेत्रमा लगानी बढेको, बढी ब्याज लिने र सेवा शुल्क बढी लिएकोलगायतमा गुनासा बढ्न थालेको भन्दै सचेत हुन आग्रह गरे । आफूलाई बैंक नठान्न र बैंकको जस्तो अभ्यासले सहकारीको भलो नहुने पनि उनले बताएयो । सहकारी विभागले जारी गरेको ३५ बुँदे एकीकृत निर्देशनलाई कार्यान्वयन गर्न उनले सबैमा आग्रह गरे । उनले सहकारी अभियान र सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्ने पनि धारणा राखे ।
राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सरकारले सहकारीको आयकरको दर बढाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनले आयकरको दर पुरानै कायम गर्न पनि सरकारसँग आग्रह गरे । त्यस्तै उहाँले बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि छुट्टै बचत ऋण ऐनको आवश्यकता औँल्याए । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कोभिड महामारीले सिर्जना गरेका वित्तीय सक्षमता, स्थिरता र स्वस्थताका विषयको यथोचित सम्बोधन गरिने बताए । उनले छुट्टै साकोस ऐनको आवश्यकता औँल्याए ।
दुई दिनसम्म चल्ने गोष्ठीमा देशभरका करिब ७०० बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो । चौथो शिखर गोष्ठीले बचत ऋण सहकारीमा नवीनतम् प्रविधि, सञ्जालीकृत तथा दिगो अभियानमा विशेष जोड दिएको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्