काठमाडौँ। आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल कन्क्लेभ नेपाल २०२२ को दोस्रो दिन अर्थात आईतबार ‘डिजिटल नेपाल इकोसिस्टम’ बारे वृहत छलफल भएको छ । शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभमा डिजिटल नेपालको एजेन्डा, अवधारणा र डिजिटल रूपान्तण बारे वृहत छलफल भएको थियो ।
शनिबारको सेसनमा वक्ताहरूको सूचना प्रविधिमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । आज प्याराकस्माका संस्थापक केन एनहर्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले आफ्नो किनोट प्रस्तुती दिएका थिए । आईतबारको कार्यक्रममा इमर्जिङ टेक्नोलोजी, डिजिटल उद्यमशीलता, सुरक्षा र गोपनीयता, डिजिटल फिनोभेसन, डिजिटल लिडरसीपको विषयमा ५ वटा प्यानल डिस्कसन छलफल भएको छ ।
प्यानल डिस्कसन छलफलमा सरकारी तथा निजी क्षेत्रका व्यक्तिहरू वक्ताको रूपमा सहभागी हुने आइसिटी फाउन्डेसनले जनाएको छ । आजको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थिति रहेको थियो । बिहान साढे ९ बजेदेखि सुरू भई कन्क्लेभ साँझ ६ बजेसम्म सञ्चालन हुने कन्क्लेभमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, प्रधानमन्त्री आईटी सल्लाहकार दिपेश विष्ट लगायतको पनि सहभागीता रहेको थियो ।
शनिबारबाट सुरू भएको कन्क्लेभको समापन आईतबार भएको हो । शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभ उपराष्ट्रपति नन्द बहादुर पुनले उद्धघाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पुनसँगै विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल, नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, नेपाल विद्युयत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष (उद्योग) दिनेश आचार्य लगायत अन्य सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्