×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोम फाइबर नेटको उदयपुरस्थित गाईघाटमा सेवा विस्तार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डिशहोम फाइबर नेटको उदयपुरस्थित गाईघाटमा सेवा विस्तार

Artha Sarokar

३१ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। डिशहोम फाइबरनेटले उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको छ । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले गाइघाटमा आफ्नो सेवा विस्तार गरेको हो । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, बिराटनगर, नेपालगञ्ज, धनगढीमा, सुर्खेत, ब्रह्मदेव,आमडाँगी,लामाचौर,पावर हाउस,हरिवन सहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल उदयपुरको गाइघाटमा सुरुवात भएको छ र छिटै नेपालका अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ । हाल उदयपुरको त्रियुगा नगरपालिकाको वडा न. ८, ९, १०, ११ र १२ मा पर्ने राजावास, खाट मन्दिर, गैरुण, रात्तमाटे, वोक्से, करमगाछी, शिवालय टोल, सँगम टोल, साकेला टोल, गाइघाट बजार, पुरानो-गाइघाट, सोनापुर र बसपार्क क्षेत्रहरुमा डिशहोमको फाइवरनेट उपलबध छ । अब आउँदै गरेका त्रियुगा नगरपालिकाको वडा न. ३, ४, ५, ६, ७ र ८ रहेका छन्।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरुका लागी डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरू,निःशुल्क डिशहोम गो एप र एक्सभिओडि जस्ता विभिन्न सुविधाहरू उपलब्ध छन् । फाइबरनेटका योजनाहरू १० एमबिपिएसदेखि ६०० एमबिपिएससम्म उपलब्ध छन् । डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुका लागि अहिले मात्र रु ६९९ प्रती महिना पर्ने ५० एमबीपीयस र रु. ८९९ प्रती महिना पर्ने १०० एमबीपीयस को ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।

यो गजबको प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउन सक्नेछन् । डिशहोम फाईवरनेट जडान गर्नको लागि सम्पर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलर दाई कहाँ सम्पर्क गर्न सकिनेछ । आफ्ना ग्राहकहरूमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डिटिएच प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी