कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा वातावरणमैत्री इको पार्क निर्माणको कार्य सुरु गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरको रु. १५ लाखको लागतमा वातावरण सङ्घ सशर्त अनुदान तर्फको आव २०७८/७९ को स्वीकृत कार्यक्रमअन्तर्गत पार्क निर्माणको कार्य अगाडि बढाइएको हो । सिद्धनाथ मन्दिर नजिकको डेढ बिघा क्षेत्रफलमा फैलिएको प्राकृतिक ताल क्षेत्रमा पार्क निर्माण हुन लागेको वडाध्यक्ष उत्तरदेव भट्टले बताए । तालको जैविक विविधता संरक्षण गर्ने कार्यसँगै आन्तरिक पर्यटकलाई लक्षित गरी विभिन्न संरचना निर्माणको कार्य हुने उनले बताए ।
“चालु आवमा विनियोजित बजेटबाट अतिक्रमणको चपेटामा पर्दै गएको ताल क्षेत्र जोगाउनका लागि घेरबार निर्माण गर्ने कार्यसँगै ताल क्षेत्रसँगै जोडिएको मैदान व्यवस्थापनको कार्य गर्छौँ”, उनले भने, “आउँदो आवमा पार्कका अन्य संरचना निर्माणको कार्य हुन्छ ।” यसका लागि सिद्धनाथ मन्दिर संरक्षण समितिलाई कार्य अगाडि बढाउने जिम्मा दिइएको छ । समितिकै पहलमा घेरबार निर्माण गर्ने र मैदान व्यवस्थापन गर्ने कार्य हुनेछ ।
बृद्ध मिलन केन्द्र, योग भवन र सिद्धनाथ मन्दिर क्षेत्रलाई इको पार्कसँग जोडेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सारिएको छ । तालमा नौका विहारको सम्भाव्यता अध्ययनको कार्यसमेत सुरु गरिएको छ । “ताल क्षेत्रसँगै जोडिएको मैदान क्षेत्रमा विश्रामस्थल, बालबालिकाका लागि खेल्ने संरचना निर्माण, शारीरिक व्यायाम गर्ने संरचना निर्माणसँगै पानीका फोहरा राख्ने कार्य आउँदो आवमा हुनेछ”, अध्यक्ष भट्टले भने, “त्यस कार्यका लागि बजेटको स्रोत जुटाउनका लागि जुटेका छौँ ।” ताल कमलका फूलसँगै विभिन्न प्रजातिका चराचुरुङ्गी, माछा, भ्यागुता, कछुवाको बास स्थानका रुपमा रहेको छ । जैविक विविधताले भरिपूर्ण भएको ताल जोगाउनका लागि इको पार्कको अवधारणा अघि सारिएको बताइएको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्