Skip to content
LAXMI SUNRISE BANK

एभरेष्ट इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न, हिमालयन जनरलसँग मर्ज हुने विशेष प्रस्ताव पारित

अर्थ सरोकार

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ । बिहीबार अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा कम्पनीको विशेष सभा सम्पन्न भएको हो । उक्त सभाले एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले सम्पत्ति दायित्व मुल्यांकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदानप्रदान अनुपात, मर्जरपछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदानप्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरु पनि पारित गरेको छ । मर्जरपछि संस्थाको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड रहने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK