×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकको बिराटनगर शाखा स्थानान्तरण, ग्राहकले कर्जा सुविधा लिन सक्ने

GLOBAL IME BANK

एक्सेल डेभलपमेन्ट बैंकको बिराटनगर शाखा स्थानान्तरण, ग्राहकले कर्जा सुविधा लिन सक्ने

२४ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बिराटनगर। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको बिराटनगर महानगरपालिका वडा नंं.७ शनिमन्दिर चोक स्थित शाखा, उक्त स्थानबाट करीव १०० मीटर दुरी दक्षिण तर्फ धरान-बिराटनगर रोडको पश्चिम दिशामा स्थानान्तरण भएको छ । बैंकले उक्त शाखा स्थानान्तरण सम्बन्धी औपचारिक कार्यक्रम मिति २०७९ साल जेठ २४ गते मंगलबारका दिन सम्पन्न गरेको छ । उक्त शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन प्रमुख अतिथी मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र बैंकका संचालक सुस्मा शर्मा वस्तीले संयुक्त रुपमा गरेका थिए ।

आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भुमिका भएको शहर बिराटनगरमा अवस्थित उक्त शाखाबाट ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजना मार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता बमोजिम आवाश, सवारीसाधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गर्नुका साथै ग्राहकहरुकै रोजाइको माध्यम अर्थात ABBS, C-ASBA, IPS, Connect IPS, Online Clearing, QR Code तथा स्मार्ट मोवाईल बैंकिङ (Smart Mobile Banking), भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधा सहितको Visa Debit Card, रेमिटान्स सेवा लगायतका अधिकांश बैंकिङ सेवाहरु उक्त शाखा कार्यालयबाट प्रदान गरिदै आएको छ ।

यस बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग रु १० अर्व ५८ करोड रहेको छ भने निक्षेप संकलन लगभग रु ११ अर्व २७ करोड गरेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ , पॉचथर र सुनसरीका विभिन्न ४३ स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहरु समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने यसै महिनाभित्रमा मोरङ जिल्लाको पथरीमा थप न‘या शाखा संचालनमा आउने र आगामी दिनमा १ नम्बर प्रदेशभर आफ्नो कार्य संजाल वृद्धि गर्ने उदेश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको छ ।

एक्सेल डेभलपमेन्ट बैंक लि.का संचालक सुषमा शर्मा वस्तीको अध्यक्षतामा सम्पन्न भएको शाखा स्थानान्तरण कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले स्वागत मन्तव्य राखेका थिए तथा बैंकको वर्तमान गतिविधिहरुका बारेमा प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले प्रकाश परेका थिए उक्त कार्यक्रममा बैंकका संस्थापक शेयरधनी डा.रुपकप्रसाद खनाल र उद्योगी–व्यावसायी श्याम प्रसाद पौडेल लगायतले शुभकामना सहितको मन्तव्य राखेका थिए भने प्रमुख अतिथी मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले आफ्नो मन्तव्य सहित शुभकामना प्रदान गरे । उक्त उदघाट्न कार्यक्रमको संचालन बैंकका कम्पनी सचिव श्याम बहादुर बोहोराले गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: