काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न आग्रह गरेको छ । विभागले आज एक सूचना जारी गर्दै खाद्य नियमावली २०२७ को दफा १९ (घ) बमोजिम कार्वाइडको (एसिटिलिन ग्यास) प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री गर्न वा बिक्रीको लागि नराख्न अनुरोध गरेको हो ।
विभागले अनावश्यक रुपमा फलफूलमा कार्वाइडको प्रयोग गर्ने व्यवसायीलाई खाद्य नियमावली २०२७ अनुसार कारबाही गर्ने जनाएको छ । व्यावसायिक रुपमा फलफूल पकाउने व्यवसायीले रसायन प्रयोग गरी फलफूल पकाउन पर्ने भएमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृत रसायनको तोकिएको विधिअनुरुप मात्र गर्नसमेत विभागले आग्रह गरेको छ ।
यस्तै, विभागले फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल राखेको पाइएमा खरिद नगर्न र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाव वा मातहतका कार्यालयमा जानकारी गराउनसमेत अनुरोध गरेको छ ।
गुणस्तर नम्बर भएको पानी पिउन आग्रह
विभागले जारको गुणस्तर नम्बर भएको तथा बिर्को सिलबन्दी भएको प्रशोधित पिउने पानी मात्र प्रयोग गर्न आग्रह गरेको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामीको सङ्ख्यामा वृृद्धि हुन थालेपछि विभागले पानीको गुणस्तर हेरेर प्रयोग गर्न आग्रह गरेको हो ।
विभगाले आज एक सूचना जारी गर्दै प्रशोधित पिउने पानी र जारको लेवलमा ‘डिएपटिक्यु’ नम्बर उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्रै पानीको उपभोग गर्न आग्रह गरेको हो ।
यस्तै, प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका २०७४ बमोजिमका प्रावधानलाई पूरा गरेर मात्रै पानीको बिक्रीवितरण गर्न उद्योगीलाई अनुरोध गरिएको छ । कानूनबमोजिम अनुज्ञापत्र लिई नवीकरण नगरी पानी बिक्री वितरण गर्नेलाई कारबाही गर्ने चेतावनी विभागले दिएको छ । – रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्