×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मौद्रिक नीतिको कारण सेयर बजारमा समस्या आएकै हो, सामाधानको लागि कमिटि गठन गरिएको छ’ : अर्थमन्त्री

अर्थ सरोकार

प्रकाशित मिति : ६ असार २०७९, सोमबार

PRIME CA

‘मौद्रिक नीतिको कारण सेयर बजारमा समस्या आएकै हो, सामाधानको लागि कमिटि गठन गरिएको छ’ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको कारण सेयर बजारमा समस्या आएको बताएका छन् । आर्थिक विधेयकबारे प्रतिनिधिसभाको बैठकमा उठेका विषयको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

अर्थमन्त्री शर्माले भने, ‘सेयर बजारको सम्बन्धमा धेरै भन्न पर्दैन, सेयर बजारको समस्या सामाधान गर्नको लागि नेपाल राष्ट्र बैंक,अर्थ मन्त्रालय, धितोपत्र बार्ड र सम्बन्धित सरोकारवालाहरुलाई समेत आमन्त्रित गर्ने र छलफल गरेर त्यसको सामाधान गर्न कमिटि गठन गरिएको छ।’

अर्थमन्त्री शर्माले सेयर बजारमा देखिएको समस्या सामाधान गर्नको लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र धितोपत्र बार्ड र सम्बन्धित सरोकारवाला निकाय रहने गरी कमिटि समेत गठन गरिएको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: