×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सत्ता गठबन्धनको बैठक बस्दै, अर्थमन्त्री फेर्न छलफल हुँदै !

अर्थ सरोकार

प्रकाशित मिति : ८ असार २०७९, बुधबार

PRIME CA

सत्ता गठबन्धनको बैठक बस्दै, अर्थमन्त्री फेर्न छलफल हुँदै !

काठमाडौँ । अर्थमन्त्रीसहित अन्य मन्त्रीहरु हेरफेर गर्नका लागि आवश्यक छलफल गर्न सत्ता गठबन्धनको बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे सो बैठक बस्न लागेको हो । सट्टा गठबन्धनका एक नेताले दिएको जानकारी अनुसार बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुनेछन् भने माओवादी केन्द्रका तर्फबाट मन्त्री भएका जनार्दन शर्मालाई फिर्ता बोलाउने विषयमा सो बैठकमा विशेष छलफल हुनेछ ।

अर्थमन्त्री शर्मालाई बजेट पारित भएपछी अर्थमन्त्रीबाट हटाउने भद्र सहमति भएको चर्चा यसअघि नै चलेको थियो । यता एकीकृत समाजवादीले जेठ २२ मै आफ्नो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ । समाजवादीले नयाँ मन्त्रीका रुपमा नेताहरुको नाम समेत टुङ्ग्याइसकेको छ ।

यता माओवादी अध्यक्ष प्रचण्डले भने केहि समय अगाडी सार्वजनिक कार्यक्रममा नै अर्थमन्त्री फेर्ने नीति पार्टीको नभएको दाबी गरेका थिए । तर हरेकदिनजस्तो कुनै न कुनै विवादमा तानिने क्रम नरोकिएपछि अर्थामन्त्री फेर्न माओवादी केन्द्रलाई पनि ठुलो दबाब परेको छ । बजेटमा करसम्बन्धि दर हेरफेर गर्न ठुला व्यवसायीहरुसँग मिलेमतो गरेको आरोपपछि अर्थमन्त्री शर्मा थप विवादित बनेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: