Skip to content
LAXMI SUNRISE BANK

बेरुजु फस्र्यौट गर्न सरकार निरन्तर प्रयत्नशील छ : अर्थमन्त्री

अर्थ सरोकार

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले ६४ औँ बार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यालयको नयाँ भवनमा आयोजित बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परिक्षकले गर्ने लेखा परिक्षणले मुलुकको सार्वजनिक प्रशाशनको बित्तीय अनुशाशन र सदाचारको बारेमा प्रष्ट परेकी थिइन्। उनले आधुनिक प्रविधिमार्फत लेखा परिक्षण हुन थालेकोमा खुसी व्यक्त गरिन् । महालेखा परिक्षकको प्रतिवेदनले हरेक बर्ष बेरुजु बढ्दै गएको तथ्य औंल्याउने भएकाले सुधारको खाँचो रहेको उनले बताईन् । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बेरुजु फस्र्यौटलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी गराउनुभएको थियो ।

‘यस बर्षको नीति तथा कार्यक्रममा समेत बेरुजु फस्र्यौटलाई प्राथमिकतामा राखिएको छ’ अर्थमन्त्री शर्माले भने, ‘सार्वजनिक आर्थिक कारोबार संचालनमा पारदर्शीता र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध रहेको छ ।’ उनले लेखा परिक्षकहरुबाट प्राप्त सुझावहरु कार्यान्वयन गर्न तथा बेरुजु फस्र्यौट गर्न सरकारले निरन्तर प्रयत्न गरिरहेको बताए। बेरुजु फस्र्यौटका लागि अहिलेसम्म अपनाएका विधि र प्रकृयाका बारेमा समिक्षा गर्नुपर्ने आवश्यकता देखेको पनि उनले बताए। ‘बेरुजु किन बढदै गएको छ, कहाँनेर हाम्रो कमी कमजोरी भयो भन्ने कुराको अध्ययन, अनुसन्धान गरेर निराकरण गर्नुपर्ने आवश्यकता छ’ उनले भने। संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको लेखा परिक्षण गर्नुपर्ने जिम्मेवारी पुरा गरी वित्तीय व्यवस्थापन चुस्त, दुरुस्त बनाउन पहिले झैँ यस बर्षपनि महालेखा परिक्षकबाट सुझाव प्राप्त हुने अर्थमन्त्री शर्माले विश्वास व्यक्त गरे।

संबिधान र प्रचलित कानुन अनुसार सुशाशन कायम गर्न उल्लेखनीय कार्य गरेको भन्दै उनले महालेखा परिक्षक र मातहतका कर्मचारीको प्रशंसा गरेका थिए । ‘सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजस्वतर्फ भएका चुहावट, हिनामिना, न्यूनबिजकीकरण, अनौपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक असर, सार्वजनिक तथा संगठित संस्था संचालनका बिषयहरुमा भने थप ध्यान दिनुपर्ने देखेको छु’ उनले भने। अर्थमन्त्री शर्माले बर्तमान अर्थतन्त्रका बारेमा महालेखा परिक्षकको कार्यलयबाट अध्ययन र विश्लेषण भई सुझाव पाउने अपेक्षा राखेको पनि बताए ।

‘एकातिर अर्थतन्त्रको आकार दिन प्रतिदिन फराकिलो बन्दै गएको छ भने अर्कोतर्फ आर्थिक परिसूचकहरुमा उतार चढाव आइरहेको छ । यसो हुँदा अर्थतन्त्रका समग्र पक्षमा गहन अध्ययन, विश्लेषण र मूल्यांकन गर्नुपर्ने आवश्यकता देखेको छु’ उनले भने, ‘यसमा महालेखा परिक्षकको कार्यालयका तर्फबाट शशक्त अध्ययन, विश्लेषण भई सुधारका लागि सुझाव पेश हुने अपेक्षा गरेको छु ।’ महालेखा परिक्षकको कार्यालयलाई एक विश्वसनिय सस्थाका रुपमा कार्य गर्न लेखा परिक्षकले आफ्नो निष्ठा, स्वतन्त्रता, व्यवसायिकता, राजनीतिक तटस्थता, सक्षमता जस्ता मूल्य मान्यताहरु अनुशरणा गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाई थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK