काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापान समक्ष आग्रह गरेको छ । उद्योग, जलविद्युत, सडक तथा पर्यटनको क्षत्रमा लगानीको वातावरण बनाउन चेम्बरले जापानसंग आग्रह गरेको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकासँग भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले जापानी लगानीको सुरक्षणका लागि आफुहरुले सरकारसँग पहल गर्ने बताए । उनले भने, ‘बैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ । आगामी बर्षको बजेटमा पनि सरकारले ५० वर्ष सम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, जपानी लगानी सुरक्षण गर्न हामी प्रतिवद्धता जनाउँछौँ ।’
जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्दर्भमा अध्यक्ष मल्लले नेपालमा खपत हुने वस्तु र अन्तराष्ट्रिय रुपमा बढी माग हुने वस्तुहरुको नेपालमै उद्योग खोल्न राजदूत समक्ष आग्रह गरे । नेपालमा जग्गाको मुल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जपानी लगानीमा उद्योग खोलेर भारत, चीन जस्ता राष्ट्रमा व्यापार राजदूत युताकासँग आग्रह गरे । जपानी निजी क्षेत्रसँग आफुहरुले सहकार्य गर्न चाहेको अध्यक्ष मल्लले बताए । अध्यक्ष मल्लले भने, ‘नेपाल र जपानबीचको कुटनीतिक सम्वन्ध स्थापना भएको ६६ वर्ष पुरा भएको छ । जपानले जाईका लगायत आफ्ना विभिन्न दातृ निकायहरु मार्फत नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । दुई मुलुकबीच आर्थिक सम्वन्ध पनि उच्च छ । यसलार्य व्यवसायिक गतिविधी मार्फत हामी अझै अघि बढाउन चाहन्छौँ। ’
सरकारले बजेट मार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको भन्दै अध्यक्ष मल्लले नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउनका लागि पहल गरिदिन पनि राजदूत युताकासंग आग्रह गरे । राजदूतसंगको भेटमा चेम्बरका पदाधिकारीले पछिल्लो समय नेपालले विद्युतमा सहुलियत, निर्यात प्रर्वद्धनमा विभिन्न सहुलियत घोषणा गरेकाले अन्तराष्ट्रिय लगानीका लागि महत्वपुर्ण अवसर रहेको बताएका थिए ।
चेम्बर पदाधिकारीसंगको भेटपछि राजदूत युताकाले नेपाल र जपानबीचको दुईपक्षीय सम्वन्ध ऐतिहासिक भएको बताए । उनले भने, दुई देशबीचको सम्वन्ध बलियो छ । यसलाई हामी नागरिकको तहबाट थप नजिक ल्याउन चाहान्छौं । राजदुत युताकाले नेपालसंग आर्थिक र सामाजिक सवै तहमा सहकार्य जारी रहने प्रतिवद्धता समेत जनाए । नेपाल सरकारलाई जपान सरकारका तर्फबाट र आफ्ना दातृनिकाय मार्फत लामो समय देखि सहयोग हुँदै आएको र यो क्रम अझै जारी रहने उनले बताए । जपानको लगानी भित्र्याउनका लािग नेपालले आफ्नो अन्तराष्ट्रिय प्रतिस्पर्धी क्षमतामा सुधार गर्नुपर्ने राजदूत युताकाको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्