काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले महिला उद्यमी व्यवसायीहरुको विकास, विस्तार एवम् प्रबर्द्धनका लागि हुनुपर्ने नीतिगत एवं प्रक्रियागत सुधारका सम्बन्धमा उद्योग मन्त्रालयमा लिखित सुझाव पेश गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई बुधवार मन्त्रालयमा भेटी उक्त सुझाव पेश गरेको हो । सातैवटा प्रदेशका महिला उद्यमी व्यवसायीहरु र महिला उद्यमी समितिबाट विभिन्न मितिमा संचालित कार्यक्रमहरुबाट आएका सुझावहरुलाई समेटी उक्त सुझाव तयार पारिएको हो ।
महासंघबाट पेश गरिएको सुझावमा मुख्यतया सहुलियतपूर्ण कर्जा, सूचनाको पहुंच, पुनरकर्जा, परियोजना कर्जा, वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम, दर्ता नगरी संचालित लघु, घरेलु तथा साना उद्योगहरुलाई दर्ता प्रक्रियामा लैजाने, वस्तु बजारीकरण लगायतका विषयहरु समेटिएका छन् । भेटवार्ताका क्रममा उद्योग सचिव पोखरेलले महिला उद्यमीहरुका लागि व्यावसायिक महत्वका व्यक्ति(Commercial Important Person-CIP) कार्यक्रम ल्याउने, व्यापार मेलामा महिला उद्यमीहलाई प्राथमिकता दिने, वित्तिय साक्षरता, सुचनाको पहुंच लगायतका अन्य प्रबर्द्धनात्मक कार्यक्रमहरुका लागि महिला उद्यमीहरुसंग सहकार्य गर्दै जाने प्रतिवद्धता पनि जनाएका थिए ।
सचिव पोखरेलले कृषि क्षेत्रको प्रबर्द्धनका लागि खेतदेखि उद्योगसम्मको अवधारणा ल्याएको र यसको डिजाइन गर्दा महासंघसँग सहकार्य गर्ने पनि बताए । यसैगरी स्वदेशी वस्तुको प्रयोगका लागि गुणस्तर र मूल्यमा ध्यान दिन आग्रह गर्दै उत्पादित वस्तुको ब्राण्ड स्थापित गर्न समेत सल्लाह दिए । सोही दिन महासंघको महिला उद्यमी टोलीले वाणिज्य सचिव डा. गणेश प्रसाद पाण्डेयसँग भेट गरी सुझाव पेश गरेका थिए । भेटघाटको क्रममा सचिव पाण्डेयले प्राप्त सुझावहरु बारेमा अध्ययन गरी आफ्नो कार्यक्षत्रमा परेका सुझावहरु कार्यान्वयमा जोड दिने विश्वास दिलाए । महासंघको महिला उद्यमी विकास समितिका सभापति रीता सिंहको नेतृत्वमा समितिका ७ सदस्यीय टोलीले भेटवार्ता गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्