काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सहित पदाधिकारीहरू र नेपालका लागि इण्डोनेशियाका राजदुत हेरू हर्तान्तो सुवोलो (H.E. Heru Hartanto Subolo, Ambassador of Indonesia to Nepal) बीच महासंघ सचिवालयमा भेटवार्ता भएको थियो । भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, महानिर्देशक गोकर्ण राज अवस्थीको उपस्थिति रहेको थियो । त्यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष दिनेश श्रेष्ठसँग नेपालका लागि चिलिका राजदुत जुआन रोलाण्डो अङगुलो मोनसाल्भे (H.E. Juan Rolando Angulo Monsalve, Ambassador of Chile to Nepal) ले महासंघ सचिवालयमा भेटवार्ता गरेका थिए।
ती दुवै भेटवार्तामा महासंघकातर्फबाट नेपालमा इण्डोनेशिया र चिलीको लगानीका लागि कुटनीतिक माध्यमबाट सहयोग हुन आग्रह गरिएको थियो । दुवै मुलुकसँग नेपालको द्विपक्षीय व्यापारको आंकडा अत्यन्त न्यून रहेको पाइन्छ । महासंघमा उपलब्ध पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपाल इण्डोनेशिया बीचको आयात-निर्यात क्रमशः रू. १७ अरव – रू. २६ करोड देखिन्छ भने नेपाल चिली आयात-निर्यात क्रमशः रू.९ करोड-रू.९३ लाख मात्र छ । संयुक्त लगानी नगन्य नै देखिन्छ । तथ्यांक अनुसार नेपालमा इण्डोनेशियाको रू. ३५ करोड र चिलीको रू. ३० करोडको मात्र संयुक्त लगानी रहेको छ । भेटवार्तामा द्विपक्षीय व्यापार विस्तारमा विशेष जोड दिइएको थियो। के गर्दा व्यापार विस्तार गर्न सकिन्छ त्यसमा सहयोग गर्न हामी तयार छौँ, भेटवार्तामा महासंघकोतर्फबाट प्रतिवद्धता व्यक्त भएको थियो । यसका लागि दुवै देशका निजी क्षेत्र बीचको आपसी सम्बन्ध विस्तार, व्यावसायिक तथा लगानी भ्रमणको आदान प्रदानमा जोड दिइएको थियो ।
नेपालको भौगोलिक अवस्थिति र यहाँको सस्तो श्रम सक्तिका कारण नेपालमा वस्तु उत्पादन गरी भारत तथा चीनको बजारमा निर्यात गर्न सकिने पर्याप्त सम्भाव्यता रहेको पनि जानकारी गराएका थिए । नेपाल सरकार र निजी क्षेत्र वाह्य लगानी आकर्षणमा निरन्तर लागीरहेको र सरकारी नीति पनि सोही अनुसार वाह्य लगानी मैत्री रहेको भेटवार्तामा बताएका थिए । नेपालमा कृषि, पूर्वाधार विकास, पर्यटन, उर्जा, सूचना तथा प्रविधि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगानीको अथाह सम्भाव्यता रहेको पनि स्पष्ट परेका थिए । छुट्टाछुट्टै भेटवार्तामा राजदूतहरूले आपसी आर्थिक तथा निजी क्षेत्र बीचको सम्बन्ध विस्तार, लगानी आकर्षणमा आफ्नोतर्फबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै दुवै देशका निजी क्षेत्र बीच समन्वयनका लागि पनि सहयोग गर्ने विश्वास समेत दिलाएका थिए । दुवै भेटवार्ता शुक्रबार सम्पन्न भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्