×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इम्बोस्ड नम्बरमा नागरिकलाई डर देखाएकोप्रति सांसद थापाको आपत्ति, ‘५ गुणा बढी पैसा लिएर जबरजस्ती गर्न मिल्दैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

इम्बोस्ड नम्बरमा नागरिकलाई डर देखाएकोप्रति सांसद थापाको आपत्ति, ‘५ गुणा बढी पैसा लिएर जबरजस्ती गर्न मिल्दैन’

Artha Sarokar

२३ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा नागरिकलाई डर देखाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर देखाएको भन्दै आपत्ती जनाए । उनले थापाले सहजीकरण गर्नुपर्नेमा अनावश्यकरुपमा नागरिकलाई दुःख दिन लागिएकामा आपत्ति जनाएका छन् ।

भौतिक संरचना र जनशक्तिसमेत नभएका अवस्थामा त्यसलाई सहजीकरण गर्नुपर्नेमा उल्टै उपभोक्तालाई डर देखाइएको भन्दै उहाँले त्यसमा सरकारकोसमेत दायित्व हुनुपर्छ कि पर्दैन भन्दै प्रश्न गरे । त्यस्तै उहाले भारत र बङ्गलादेशको तुलनामा असाध्यै महँगो रहेको सो नम्बर प्लेट नागरिकले सस्तो र गुणस्तरीय पाउनुपर्नेमा जोड दिए । थापाले इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपीमा हुन नसकेकामा आपत्ति जनाए ।

मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले गत शुक्रबार एक सार्वजनिक सूचनामार्फत बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको थियो । निजी सवारी साधनमा अनिवार्य रुपमा आगामी साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने विभागको सूचनामा उल्लेख छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी