काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापा र नेपाल राष्ट्र बैंकका गभर्नरलगायत उच्च पदाधिकारीहरुबीच भेटघाभएको छ ।
गगन थापाले सामाजिक संजालमार्फत आफूले गभर्नर र केन्द्रीय बैंकका उच्चअधिकारीहरुसँग भेट गरेको बताएका हुन् ।
गभर्नर अधिकारीसँ भेटर उनले हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पूँजी बजारको समस्या सम्बोधन गर्न आवस्यक विषयमा छलफल गरेका छन् ।
यस्तै उनले पुँजी बजारको समस्या समाधान गर्न संसदमा पटकपटक आवाज पनि उठाउँदै आएका छन् । आगामी मौद्रिक नीतिमार्फत पुँजी बजारका समस्या समाधान हुन सक्ने अपेक्षा उनको छ ।