×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा क्यापिटलको डिम्याट र मेरोशेयर खाता नविकरणमा विशेष योजना

GLOBAL IME BANK

गरिमा क्यापिटलको डिम्याट र मेरोशेयर खाता नविकरणमा विशेष योजना

२६ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोलेका सम्पूर्ण ग्राहकहरुले मिति २०७९ आषाढ मसान्त भित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नविकरण गर्नुपर्ने भएको छ । यसै क्रममा, आफ्ना ग्राहकहरुको हितलाई मध्यनजर गर्दै गरिमा क्यापिटल लिमिटेडले डिम्याट र मेरोशेयर खाता (DEMAT And MEROSHARE ACCOUNT) नविकरणमा विभिन्न विकल्पहरुका साथ देहाय बमोजिमका विशेष आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।

क) दश (१०) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना:
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु ९९९।– (अक्षरेपी: नौ सय उनान्सय रुपैयाँ मात्र) भुक्तान गरी दश (१०) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नेछन् । यसबाट ग्राहकहरु आगामी दश (१०) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् ।

ख) पाँच (५) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना:
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु ४९९।– (अक्षरेपी: चार सय उनान्सय रुपैयाँ मात्र) भुक्तान गरी पाँच (५) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नेछन् । यसबाट ग्राहकहरु आगामी पाँच (५) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् ।

ग) आजीवन(Lifetime)डिम्याट र मेरोशेयर खाता नविकरण योजना:
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु १,९९९।– (अक्षरेपी: एक हजार नौ सय उनान्सय रुपैयाँ मात्र) भुक्तान गरी आजीवन हितग्राही खाता र मेरोशेयर खाता नविकरण गर्न सक्नुहुनेछ । यसबाट ग्राहकहरु जीवनभर वर्षेनी हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नुहुनेछ ।

घ) नियमित एक (१) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना:
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु १५०।– (अक्षरेपी: एक सय पचास रुपैयाँ मात्र) भुक्तान गरी एक (१) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नुहुनेछ । साथै, हितग्राही र मेरोशेयर खाता नविकरणमा ग्राहकहरुको सहजताका लागि देहाय बमोजिका लिंकहरुको व्यवस्था गरिएको छ।

१. दश (१०) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण गर्नको लागि:
https://tinyurl.com/24rbw3tb
२. पाँच (५) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण गर्नको लागि:
https://tinyurl.com/24rbw3tb
३. आजीवन ९ीषभतष्mभ० डिम्याट र मेरोशेयर खाता नविकरण गर्नको लागि:
https://tinyurl.com/24rbw3tb
४. नियमित एक (१) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण गर्नको लागि:
https://tinyurl.com/24rbw3tb

यस सम्बन्धी थप जानकारीका लागि कार्यालयको ल्याण्डलाईन नं. ०१४५२९१४९/५०, ४५१६६९१ वा मोबाईल नम्बर ९८४७३७९१०८/९८६६२९८५०६ मा सोझै सम्पर्क गर्न सकिनेछ । ग्राहकहरुले हितग्राही र मेरोशेयर खाता नविकरणको सुविधा देशैभर फैलिएको गरिमा विकास बैंक लिमिटेडका शाखाहरुबाट समेत उपभोग गर्न सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: