काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार ९७ हजार ५ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर ९८ हजारमा कारोबार भईरहेको छ।
यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८३ हजार २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।