काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार ९७ हजार ३ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ।
यता चाँदीको मूल्य भने ५ रुपियाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ५ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।