काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार ९७ हजार ५ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ।
यता चाँदीको मूल्य १० रुपियाँले घटेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ३ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६३ रुपैयाँ कायम गरेको छ ।