×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी बैंकहरुलाई निजीकरण गर्दै भारत, विधेयक संसदमा पेस हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सरकारी बैंकहरुलाई निजीकरण गर्दै भारत, विधेयक संसदमा पेस हुँदै

Artha Sarokar

१५ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारतमा सरकारी बैंकहरुलाई निजीकरण गर्ने भएको छ । भारत सरकारले त्यहाँका सरकारी बैंकहरुको निजीकरणलाई सहज बनाउन संसदको आगामी मनसुन अधिवेशनमा संशोधन विधेयक ल्याउने भएको हो । संसदको मनसुन अधिवेशनको मिति भने घोषणा गरिएको छैन ।

सन् १९७० को ऐन अनुसार सरकारी बैंकमा केन्द्रीय सरकारको ५१ प्रतिशत हिस्सा रहने व्यवस्था छ । यसअघि सरकारी बैंकमा केन्द्रीय सरकार कम्तीमा २६ प्रतिशत सेयर स्वामित्व हुनुपर्ने भनिएको थियो । इकोनोमिक टाइम्समा प्रकाशित समाचार अनुसार संशोधनमार्फत् केन्द्रीय सरकार अन्तर्गत रहेका सबै बैंक निजीकरण गरिने भएको छ । बैंकहरु निजीकरणको चर्चासँगै आइडीबीआई बैंकको सेयर ०.९५ प्रतिशतले ओरालो लागेको छ ।

बैंकहरुको निजीकरणका विषयमा भारतको वित्त मन्त्रालयले त्यहाँको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियासँग पनि छलफल गरेको छ । बैंकहरुको निजीकरणका विषयमा भारतको वित्त मन्त्रालयले त्यहाँको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियासँग पनि छलफल गरेको छ । यसअघि भारत सरकारले सन् २०२१ मा ऐन संशोधनको प्रयास गरेको भए पनि संशोधन भएको थिएन ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी