काठमाडौं । काठमाडौंमा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सो अस्पतालमा उपचारका लागि आएका दुई जना बिरामीमा हैजाको संक्रमण पुष्टी भएको बताएको छ । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार काठमाडौं मोडल अस्पतालबाट दुई शंकापद केस आएको छ ।
‘बिरामीको पिसीआर ल्याब परीक्षण हुँदै छ । बागबजार क्षेत्रमा चटपटे खाएको जानकारी छ । एन्टिजेन परीक्षणमा भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियासमेत भेटिएको छ । दुवै जनालाई झाडापखाला पनि लागेको छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै गौतमले भने- ‘दुवै बिरामीलाई एमरजेन्सी कक्षमा राखेर उपचार भईरहेको छ ।
यता हैजाको त्रास देखिएपछी स्थानीय तहहरुले यसतर्फ सचेत हुन सबैलाई आग्रह गरिरहेका छन् भने सोहि अनुसारको तयारीसमेत गरिरहेका छन् । यसैबीच हैजाकै चर्चा र त्रासका बीच ललितपुर महानगरपालिकाले महानगरभित्र एक सातासम्मका लागि पानीपुरी र चटपटे बिक्रीमा रोक लगाएको छ । ललितपुरमा मात्र होइन काठमाडौँ र भक्तपुरमा पनि नागरिकलाई सचेत हुन स्थानीय तहहरुले आग्रह गरिरहेका छन्। पालिकाले करिब ९ स्थानमा अनुगमनगरेको छ भने चटपटे तथा पानीपुरी विक्री गरेको पाइए कारवाही गर्नेसमेत जनाएको छ । यसैबीच कुनै बेला कोरोना बीमा ल्याएको सरकारले हैजा बीमा ल्याउँछ वा ल्याउँदैन भन्ने चर्चा बीमा क्षेत्रमा सुरु भएको छ ।
यता यस विषयमा बुझ बीमक संघका अध्यक्ष चंकी क्षेत्रीलाई फोन गर्दा भने उनले आफु बैठकमा भएको भन्दै कुरा गर्न मानेनन् ।
‘कोरोनाले चेताईसक्यो, हैजा बीमा हुन्न’ : बीमा समिति
यता बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले भने हैजा बीमा नहुने संकेत गरेको छ । ‘हैजा बीमा हुन्छ कि हुँदैन होला ?’ हाम्रो प्रश्नमा बीमा समितिका एक उच्च अधिकारीले भने, ‘तपाईंले जोक गरेर सोध्नु भएको हो भने मेरो भन्नु केहि छैन, सिरियसली सोध्नु भएको हो भने भन्न सक्छु- ‘नेपालमा अव कुनै पनि महामारीको विमा हुँदैन ।’ ‘सिरियसली नै सोधेको हो, कोरोनाको हुने, हैजाको किन नहुने ?’ हाम्रो प्रश्नपछी आफ्नो नाम उल्लेख नगर्ने सर्तमा मात्र उत्तर दिन तयार भएका उनले भने- ‘हेर्नुस् ! कोरोना बीमा पनि गर्न नै नहुने बीमा थियो । चिरन्जीवी चापागाईं (तत्कालीन अध्यक्ष, बीमा समिति)ले आफु हिरो बन्नका लागि त्यस्तो बीमा ल्याए । अहिले कोरोना बीमाकै कारण बीमा क्षेत्रलाई हेर्ने दृष्टिकोण नै गलत भएको छ । त्यसैले ढुक्क हुनुस्-‘हैजा बीमा हुन्न ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्