बागमती । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा भौतिक पूर्वाधार तथा विकास निर्माणसम्बन्धी ७६० योजना सम्पन्न गरेको छ ।
कार्यालयका अनुसार थप बाँकी योजना सम्पन्न हुने कार्य अन्तिम चरणमा छ । चालु आवको साउनदेखि असारसम्ममा ९९० योजनामध्ये जेठ महिनासम्ममा ७६० योजना पूरा भएका छन् भने बाँकी अन्तिम चरणमा रहेका उपप्रमुख राजेश बानियाँले बताए । चालु अवधिमा ६८ किमी कङ्क्रिट सडक, दुई दशमलव ५३ किमी सडक कालोपत्र तथा १४ कल्भर्ट निर्माण भएका छन् ।
यस्तै खानेपानी एक, शैक्षिक पूर्वाधरतर्फ २०, पर्यटन पूर्वाधारतर्फ तीन, खेलकुद पूर्वाधरतर्फ तीन, गुम्बा निर्माणतर्फ सात, मन्दिर निर्माणतर्फ २८, स्वास्थ्य पूर्वाधर निर्माणतर्फ नौ, तटबन्ध निर्माणतर्फ १५, सिँचाइ पूर्वाधर निर्माणतर्फ दुई, शौचालय निर्माणतर्फ पाँच तथा अन्य पूर्वाधारतर्फ ९९ योजना निर्माण सम्पन्न भएको बानियाँले जानकारी दिए ।
यसैगरी उपमहानगरले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको नगर क्षेत्रभित्रको तथ्याङ्क सङ्कलन गरिरहेको छ । बागमती प्रदेश सरकारको बजेटअन्तर्गत प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत कूल ३८ योजना सञ्चालन गरिएकामा १७ सम्पन्न भएका छन् । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्