×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एचआईडिसीएलको संस्थापक र सर्वसाधारण समूहको सेयर कारोबार अब २ वटा सिम्बलबाट हुने

PRIME CA
GLOBAL IME BANK

एचआईडिसीएलको संस्थापक र सर्वसाधारण समूहको सेयर कारोबार अब २ वटा सिम्बलबाट हुने

२७ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को संस्थापक र सर्वसाधारण सेयर फरक फरक संकेत मूल्यबाट कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अबदेखि संस्थापक सेयर HIDCLP सिम्बलबाट र साधारण सेयर HIDCL सिम्बलबाट कारोबार हुने भएको हो । हालसम्म नेप्सेमा एचआइडीसीएलको दुवै समूहको सेयर एउटै संकेतबाट कारोबार भइरहेको थियो ।

प्रबन्धपत्रमा भएको व्यवस्था अनुसार सेयर खरिदबिक्रीको व्यवस्थापन तथा अभिलेखीकरण सहज बनाउने उद्देश्यले दुई समूहको सेयर कारोबारका लागि छुट्टैछुट्टै संकेत कायम गरिएको एचआइडीसीएलले जनाएको छ । साथै नयाँ वर्गीकरण बमोजिम संस्थापक सेयरधनीहरुको डिम्याट खातामा पनि कम्पनीको सेयर संकेत ‘एचआइडीसीएलपी’ कायम गरिएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको सेयर नयाँ संकेत अनुसार संस्थापक सेयरधनीको खातामा जम्मा भईसकेको जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: