काठमाडौँ। हिमालयन डिष्टिलरी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैङ्गिक समानता, वातावरण जस्ता सामुदायिक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । यस डिष्टिलरीले आ.व.२०७७/०७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकम मध्येबाट समता शैक्षिक गुठीलाई रु.२५,००,०००/- ( पच्चीस लाख) को सहयोग प्रदान गरेको छ ।
समता शैक्षिक गुठीद्वारा अधिराज्यभर ८४ वटा विद्यालयहरु संचालन गरेको छ । जसमा कक्षा १ देखि स्नातकोत्तर सम्मका शैक्षिक कार्यक्रमहरु संचालित छन् र करिव ७० हजार विद्यार्थीहरु लाभान्वित भएको दावी उक्त गुठीको रहेको छ । यो गुठीले प्रति विद्यार्थी प्रति महिना रु. १००/- मात्र शैक्षिक शुल्क लिएर समुदायका विपन्न वर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुका सन्तान, टुहुरा तथा सडक बालबालिकाहरुलाई अध्यापन गराईरहेको जानकारी गराएको छ।
सो समता शैक्षिक गुठीलाई एक कार्यक्रमका बीच हिमालयन डिष्टिलरी लिमिटेडका संचालक समितिका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले सम्मानित व्यक्तित्व तथा बरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको उपस्थितिमा गुठीका संस्थापक उत्तम कुमार सन्जेल र निर्देशक दिनेश सन्जेललाई रु.२५,००,०००/- ( पच्चीस लाख) को चेक कम्पनीको सम्पर्क कार्यालय, जावलाखेल ललितपुरमा हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद पोखरेल र कम्पनी सचिव निशा निरौलाको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्