×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि आइपीओ बिक्री गर्ने, १० कित्तादेखि भर्न सकिने !

PRIME CA

हिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि आइपीओ बिक्री गर्ने, १० कित्तादेखि भर्न सकिने !

७ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमााडौं । असार १५ गतेदेखि हिमालयन हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये ५५ अर्थात् ९८ हजार ४१३ कित्ता सामुहीक लगानी कोष र २५ अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धकमा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: