Skip to content
LAXMI SUNRISE BANK

हिमालयन र एभरेष्ट इन्स्योरेन्सले पायो मर्जरका लागि अन्तिम स्वीकृति

अर्थ सरोकार

काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जरको अन्तिम स्वीकृति पाएको छ । यी दुई कम्पनीलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीले वैशाख २२ गते मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । हिमालयन र एभरेष्ट इन्स्योरेन्स स्वाप रेसियो १०० बराबर ८५ मा गाभिन लागेका हुन् ।

मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नामबाट कारोबार आउने भएका छन् । एक आपसमा गाभिए पछि कम्पनीको केन्दि«य कार्यालय बबरमहल, काठमाडौंमा रहने कम्पनीले जनाएको छ ।

हिमालयन जनरलको हाल चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रूपैयाँ रहेको छ भने एभरेष्ट इन्स्योरेन्सको १ अर्ब १८ करोड रूपैयाँ चुक्ता पुँजी रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK